भारत र पाकिस्तानबीचको एसिया कपको खेल बर्षाका कारण रद्ध, दुवै टिमले १/१ अंक बाँडे

Click Image

बर्षाले भारत र पाकिस्तानबीचको एसिया कपको खेल रद्ध भएको छ । लगातार बर्षा भएपछि पाकिस्तानले आफ्नो ब्याटिंग शुरु नै नगरी खेल रद्ध भएको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएर पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले । खेलको सुरुवाती चरणमा १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेल रद्ध भएसँगै दुबै टोलीले एक-एक अंक बाँडेका छन् । यससँगै समुह ए बाट पाकिस्तान २ खेलमा ३ अंकसहित एशिया कपको सुपर चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

भोलि नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

https://ujyaalonepalnews.com/archives/30973

Previous articleमकवानपुरमा नमुना संयुक्त रास्ट्र संघ सम्पन्न ।
Next articleअरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।