अध्यागमन विभागको रमिता: ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन तत्काल लागु नहुने

उज्यालो नेपाल- अध्यागमन विभागले हिजो पौष २ गते शुक्रबार एक सुचना जारी गर्यो । सुचनामा  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको कुरा बताईएको थियो । अध्यागमन विभागले निकालेको विज्ञप्तिमा विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई आफ्नै खर्चमा होटल क्वरेण्टीन अनिवार्य भनेर प्रष्ट बताईएको थियो । विभागको उक्त सुचना पढ्न यँहा क्लिक गर्नुहोला ।

सरकाले तोकेको सुचिमा अधिकांश देशहरु युरोपेली छन् जहाँ अहिले ओमिक्रोनको संक्रमण निरन्तर बढिरहेको छ। अमेरिका, रसिया, सिंगापुर पनि त्यो सूचीमा छन् भने खाडी क्षेत्रका साउदी, कतार, युएई, ओमान, बहराईन, कुवेत भने यो सुचिमा परेका थिएनन्् । तर नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्ये एक मलेशिया भने यो सुचिमा समावेश थियो ।

तर अध्यागमन विभागले जारी गरेको यो सुचना घोषणा गरेको १४ घण्टा पनि नपुग्दै स्थगित गरिएको छ । कुनै तयारी र योजना बिना नै जारी गरेको सुचना अर्को सुचना निकालेर तत्कालको लागी स्थगित गरिएको हो । विभागले आज जारी गरेको सुचना यस्तो छ : 

This is to notify that the notice regarding travel restriction (7 days mandatory hotel quarantine) published by the Department of Immigration on 17th December 2021 has been postponed until further notice. Other notices related to travel advisory published on 24th September 2021 and 2nd December 2021 are still active.

विभागको पछिल्लो सुचना संगै ६७ देशबाट नेपाल आउनेहरूलाई आफ्नै खर्चमा होटल क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालको लागी लागु नहुने भएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले आवागमनमा कडाइ गर्दै जाने सरकारको नीति छ ।

https://ujyaalonepalnews.com/archives/16814

Previous articleनेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?
Next articleरत्ननगर १५ समाजवादी युवा संघका अध्यक्ष रामहरि अधिकारी एमालेमा प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।