भारतीय महिला लिग खेलेर साम्बा र अनिता स्वदेश फर्किए

राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिगमा सहभागी भएर सोमबार स्वदेश फर्किएका छन्। लिगमा सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसीले पहिलो पटक लिगको ट्रफी उचालेको थियो। लिगमा अनिता सम्मिलित सेथु एफसी भने गोकुलमसँगै पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सावित्राले भनिन्, ‘धेरै नै राम्रो अनुभव भयो। गत संस्करण सेथु एफसीबाट खेल्दा पनि उपाधि जितेको थिएँ, अहिले गोकुलमबाट खेल्दा पनि उपाधि जित्न पाइयो। लगातार २ पटक उपाधि जित्दा खुसी लागेको छ, जति सकिन्छ आफ्नो राम्रो प्रदर्शन गर्ने हो। सबैको माया र साथका कारण भारतिय लिगमा पनि राम्रो खेल्दै सर्वाधिक गोलकर्ता बन्न सकेँ, यसको श्रेय सबै नेपालीलाई जान्छ।’

sabitraa bhandari and anita basnett

एक छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वािधक गोलकर्ता समेत बनिन्। सर्वाधिक गोलकर्ता बनेसँगै उनले १ लाख भारतिय रुपैयाँ पाएकी थिइन्। गत संस्करण एकै टोलीबाट खेलेका यी २ खेलाडीले यो संस्कररण फरक क्लब रोजेका थिए। साविक विजेता समेत रहेको सेथुलाई उपाधि दिलाउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। गत संस्करण उनले १५ गोल गरेकी थिईन्।

यो संस्करण पूर्वक्लबलाई रोजेकी अनिताले सेथुको ३ गोलमा उत्कृष्ट अशिष्ट गरेकी थिइन्। उनले भनिन्, ‘निकै राम्रो अनुभव रह्यो, धेरै कुरा सिक्न पाइयो यसले अझै सहयोग गर्नेछ।’ सावित्रा र अनिता महिला लिग खेल्न गत माघ ७ गते भारत प्रस्थान गरेका थिए।

यसअघि यी दुवै खेलाडीले माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए। नेपालबाट विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्ने साम्बा र अनिता पहिलो महिला खेलाडी हुन्।

गोकुल बास्कोटा प्रकरण : अनुशन्धान ढिलाइ भएको भन्दै सभापति देउवाको आक्रोश

Previous articleकिन गए उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र ?
Next articleशिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथग्रहण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।