काठमाडौं, ५ फागुन । अघिल्लो महिना उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनाइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने जानकारी दिएका छन् ।
उनका अनुसार तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानूनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् ।
The post शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथग्रहण appeared first on Koshi Online.
निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


