भूकम्पपछि अस्पताल बाहिर सुत्केरीको नर्मल ‘डेलिभरी’

जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिलाकाे ‘डेलिभरी’ गर्ने समयमा अचानक भूकम्प गयो। भूकम्प पश्चात् उनलाई अस्पताल बाहिर ल्याएर नर्मल डेलिभरी गराइएको जिल्ला अस्पताल बझाङका डा. इन्द्र शाहले नागरिक न्युजलाई जानकारी दिए। उनका अनुसार ती महिलाले छोरीलाई जन्म दिएकी छिन्।

डा. शाहले भूकम्पबाट घाइते भएकाहरुलाई अस्पताल ल्याउने क्रम जारी रहेको जानकारी दिए। उनका अनुसार हालसम्म अस्पतालमा ५ जना घाइतेहरुलाई ल्याइएको छ। स-साना भूकम्प आउने क्रम जारी रहेको उनले जनाए।

मंगलबार दिउँसो दुई पटक आएको भूकम्पले तलकोटर गाउँपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किएका छन् भने जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ। भूकम्पले घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।

स्थानीयका अनुसार यहाँका गाउँ बस्तीमा केही घर भत्किनुका साथै अधिकांश घरहरु चिरा परेका छन् भने जयपृथ्वी राजमार्गको नदी छेउछाउको सडक चिरा पर्नुका साथै पहिरो गएर अवरुद्ध भएको छ।

https://ujyaalonepalnews.com/archives/31910

Previous articleप्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
Next articleबझाङ केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प, डोटीमा विद्यालयमा क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।