माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल प्रवेश

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ।

तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रबेश गरेको हो। क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन्।

संवैधानिक निकाय र संसद्

Previous articleनिर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने
Next articleसाम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।