मुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न

0
73

सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक सम्मेलन इज्तिमा सोमबार सम्पन्न भएको छ ।

नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात तिन दिने सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनका मुख्य प्रबचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।

उनले तिन दिन सम्म यति ठुलो सहभागितामा आयोजित धार्मिक सम्मेलनलाई भव्य र सभ्य बनाउन सहयोग पुर्याउने सवैमा धन्यवाद दिदै विदा लिएका थिए । सम्मेलनमा भाग लिन आएकाहरु आ–आफनो गाडी चढी घर फर्किदै गर्दा हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।

यस्तै ठुलो संख्यामा सहभागी घर फर्किएपनि अहिले कार्यक्रम स्थल भने दुर्गन्धित देखिएको स्थानियले बताएका छन् । तिन दिन सम्म लाखौं मान्छे बस्दा दिशापिसाव आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बनेको स्थानिय राजु विश्वकर्माले बताए ।

‘दुर्गन्ध खपेर कार्यक्रम स्थल आसपास बस्न कठिन छ’, अर्का स्थानिय मो. सलिमले भने ‘यसको उचित व्यवस्थापन तत्काल हुनु जरुरी छ ।’ आयोजकले २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको उनले बताए ।

स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।

The post मुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न appeared first on Rajdhani Daily News.

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

Previous articleदैलेखमा जीप दुर्घटना, ४ जना घाइते
Next articleदोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी