पेट्रोल र डिजेलको मूल्य घट्यो

0
50

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

The post पेट्रोल र डिजेलको मूल्य घट्यो appeared first on Purbeli News.

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

Previous article“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार