पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

The post पेट्रोल र डिजेलको मूल्य घट्यो appeared first on Purbeli News.

शेयर बजारमा तीव्र गिरावट, सर्किट ब्रेकरपछि पनि फेरि ओरालो लागेपछि काराेबार बन्द

Previous articleघुस लिएको अभियोगमा मोरङका तत्कालीन डिभिजन प्रमुखबिरुद्ध मुद्दा दायर
Next articleरोजगार सेवा कार्यालय इटहरीमा खुल्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।