१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो

0
2

मन्त्री फुयाँलद्वारा सपथग्रहण

चुरे मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ महिना पछि मन्त्री पाएको छ । २०७५ कार्तिक १६ गते तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयले नेकपा बागमती प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल लाई मन्त्रीको रुपमा पाएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले बागमती गत माघ २९ गते भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका फुँयालले ६ दिनपछि सोमबार पद तथा गोपनियताको सपथ लिए । नेपालको संविधानमा भएको व्यवस्था अनुसार फुँयाललाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री पौडेलको उपस्थितीमा पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री पौडेलले आफ्नो मन्त्रिपरिषद्मा फुँयाललाई नियुक्त गरे पछी सपथ ग्रहण लगत्तै उनले सोमबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पौडेलले केशव स्थापीतलाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट बर्खास्त गरेपछि यो मन्त्रालय आफै मातहतमा राखेका थिए । विकास निर्माणको मुख्य जिम्मेवारी रहेको यो मन्त्रालयमा मुख्यमन्त्रीले पर्याप्त समय दिन नसकेकै कारण मन्त्रालयले बजेट खर्च हुन नसकेको वताइएको थियो ।

सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री फुयाँलले चुनौतिका बीचमा भौतिक पूर्वाधारको जिम्मा पाएपनि जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गर्ने बताए । प्रदेशको राजधानीबाट देशको केन्द्रिय राजधानी जोड्ने कठिन सडक सञ्जाललाई सहज बनाउन पहिलो काम भिमफेदी–कुलेखानी सुरुङमार्गबाट थाल्ने मन्त्री फुँयालले प्रतिबद्धता व्यक्त गरे ।

भौतीक पुर्वाधार विकास मन्त्रीमा नियुक्त भएको फुयाँल काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को २ बाट प्रदेश सभामा निर्वाचीत सदस्य हुन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल,सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामलिा तथा कानून मन्त्री शालीकराम जम्मकट्टेल, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामजिक विकास मन्त्री युवराज दुलाल लगायतकाने उपस्थिती थियो ।

नव नियुक्त भौतिक पूर्वाधार मन्त्री फुँयाल को हुन ?

काठमाडौं जिल्लाको तत्कालिन आलापोट गाविस हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ घर भएका रामेश्वर फुँयाल सरकारी जागिरमा प्रवेश गरेको थिए । गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रीको कार्य कायलमा सकारी कर्मचारीले आन्दोलन गरे पछी २०४९ साल बैशाख १७ गते तत्कालिन सरकारले कर्मचारीमा रहेर आन्दोलन गरेको भन्दै वर्खास्थ गरेको अन्य कर्मचारी सँगै फुँयाल समेत वर्खास्त परेका थिए ।

२०३८ साल चैत २९ गते वैदार पदबाट सरकारी जागिर सुरु गर्नुभएका रामेश्वर फुयाल मुखिया, खरिदार, नायव सुव्वा हुँदै शाखा अधिकृतका रुपमा नाम निकाल्न सफल हुनुभएको थियो । २०४४ सालमा वढा लेखापाल र शाखा अधिकृत पदमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण सरकारी जागिर खान पाएनन् ।

गाउँपालिका अध्यक्ष, सांसद हुँदै मन्त्रीसम्म

रामेश्वर फुयाल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै यो पहिलोपटक मन्त्री वनेका हुन । २०४९ सालमा काठमाडौको आलापोट गाविसको अध्यक्ष पदमा निर्वाचित भएका उनी २०५४ सालको गाविसको चुनावमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । गाविस अध्यक्ष हँदै काठमाडौं जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका हुन।

२०६४ सालको संबिधानसभाको चुनाबमा भने काठमाडौ निर्वाचर क्षेत्र नम्बर ३ बाट उहाँ पराजित भए । दोस्रो संविधानसभाको निर्वाचन २०७० को चुनावमा भने उनी सोही क्षेत्रबाट निर्वाचित भई संविधान लेख्ने थलोमा प्रवेश गरेको थिए । त्यसैगरी २०७४ सालको प्रदेशसभाको चुनावमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट फुँयाल निर्वाचित भएको हुन् । त्यसपछी तत्कालिन एमालेको बागमती प्रदेशको प्रमुख सचेतक, नेकपा एमाले र नेकपा माओवादी पार्टी एक भएपछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रमुख सचेतकका रुपमा काम गरेका हुन ।

२०३६ सालमा विद्यार्थी राजनीतिदेखि पार्टीको केन्द्रीय सदस्यसम्म

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका रामेश्वर फुयालको
राजनीतिक यात्रा धेरै लामो छ । त्यतीवेला अनेरास्ववियुमा लाग्नुभएका फुयाल २०४१ सालमा तत्कालिन एमालेको सदस्य भएका थिए । उनले २०४३ सालदेखि जिल्ला तहको संगठनमा वसेर काम गरेका थिए । २०४७ सालमा काठमाडौ जिल्ला कमिटीको एमालेको उपसचिवका रुपमा काम गरेका हुन । २०५४ साल फागुन २१ गतेदेखी काठमाडौ जिल्ला कमिटीको सचिवका रुपमा काम समेत गरेको छन् । लगातार २०६६ साल सम्म तत्कालिन एमालेको जिल्ला सचिवका रुपमा रहेर काम गरे । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि २०६५ सालमा केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका थिए ।

जनपरिचालनमा फुयालको दख्खल

रामेश्वर फुयालको विशेषगरी पार्टीमा जनपरिचालनमा विशेष दख्खल रहेको छ । सामाजिक अभियानताका रुपमा समेत काम गर्दै आएका फुयाँल को पार्टीमा जिम्मेवारी पनि त्यसैगरी समाल्दै आएका छन् ।

The post १५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो appeared first on Rajdhani Daily News.

सहयोगी बन्दै चाडबाडलक्षित यात्रु सहायता कक्ष

Previous article“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार