ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु

ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।

२ वर्षअघि मात्रै उनकाे विवाह भएकाे थियाे। 

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थ्ति अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

 

कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील

Previous articleरोकिएन टिपर आतंक : साँखुमा टिपरको ठक्करबाट एक युवाको मृत्यु
Next articleकहाँ छन् वुहानबाट घर फर्कन नपाएका ६ नेपाली, कस्तो छ अवस्था ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।