टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा 

काठमाडौं –  टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सरकारले लगाएको टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए ।  रिटमाथि आज न्यायाधीश कुमार चुडालको एक इजालसमा प्रारम्भिक सुनुवाइको पेशी तोकिएको थियो ।

मुद्दा हेर्ने नभ्याइनेमा सूचीमा राखिएको सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख छ । न्यायाधीश चुडालको एकल इजालसमा राखिएका सवै मुद्दाहरु हेर्न नभ्यइने सूचिमा राखिएको छ ।

न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासमा चढेका मुद्दाहरुको सुनुवाइ जारी रहेकाले एकल इजालासमा चढाइएका मुद्दाहरु हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, यज्ञमणि न्यौपाने र  फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/33252

Previous articleतुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार मंसिर २३ गते दिइने
Next articleकोल्बुङ बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या तीन पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।