माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

Click Image

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा) केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको पहल अघि बढाउन पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकतामा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय, तीनकुनेमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार र राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता-ध्रुवीकरण गर्दै जाने निर्णय गर्दै समिति गठन गरेको हो ।

संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह रहनु भएको छ ।

यस्तै बैठकले संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गर्ने निर्णय पनि गरेको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/33324

Previous articleराष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम,कसरी निर्धारण हुन्छ मतभार
Next articleरत्ननगरमा पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलाे खेलमा रत्ननगर विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।