एनएनआईपीए स्पोर्ट्स अवार्ड आज

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार १४औं संस्करणको ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ समारोह आयोजना गर्दै छ।

अवार्ड कार्यक्रम वसन्तपुर डबलीमा दिउँसो साढे २ बजे सुरु हुनेछ। कार्यक्रममा वर्ष खेलाडी, युवा खेलाडी, उत्कृष्ट खेलाडी, आदर्श खेलाडी अवार्ड र पत्रकारिता अवार्ड प्रदान गरिनेछ।

२८ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मान गरिनेछ।

एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजित १८औं एसियन गेम्समा सहभागिता जनाएका खेल र प्रदर्शनका आधारमा २८ खेलका एक/एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भएको हो।

उनीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एनपीआईले जनाएको छ। यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ।

यस्तै दुई खेलाडीलाई सर्वोकृष्ट वर्ष खेलाडीका रूपमा सम्मान गरिने संघले जनाएको छ। संघले २८ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्नेछ।

यो वर्षबाट एक–एक जना पुरुष र महिला खेलाडीलाई ‘प्रतिभावान खेलाडी अवार्ड’बाट सम्मान गरिनेछ। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।

कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’बाट एक खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ। यसपटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

यसैगरी यस वर्ष पनि एक जना खेल पत्रकारलाई एनएनआईपीए पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। जसको पुरस्कार राशि २५ हजार रुपैयाँ छ।

यसपटक अवार्डमा फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस,कबड्डी, फेन्सिङ, स्क्वास, सेपाताक्रो र साइक्लिङ रहेका छन्।

यस्तै स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराश, रोलर स्पोर्ट्स, बास्केटबल, तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन,कराते,जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्तीका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन्।

अवैध बसिरहेका ८ जना चिनियाँ नागरिक पक्राउ

Previous articleवुहान अस्पतालका निर्देशकको कोराना भाइरसको संक्रमणबाट मृत्यु
Next articleरोहित घिमिरेको प्रेमको छुरा सार्बजनिक ( भिडियो सहित )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।