वुहान अस्पतालका निर्देशकको कोराना भाइरसको संक्रमणबाट मृत्यु

वुहान अस्पतालका निर्देशक वरिष्ठ डाक्टर लिउ जिमिङको मंगलबार बिहान मृत्यु भएको चिनियाँ संचारमाध्यमहरले जनाएका छन्।

बिहान १० बजेर ३० मिनेटमा डाक्टर लिउको मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजन माइक्रोब्लगले जनाएको छ।

वुहान कोरोनाभाइरसको उद्गमस्थल हो। यस स्थानमा कोरानाबाट संक्रमितको दर र बिरामीको मृत्युदर सबैभन्दा बढी भएको चीनको स्वास्थ्य विभागले जनाएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ‘सीसीडीसी’ को अध्ययनले हालसम्म कोरोना नियन्त्रणमा खटेका ३ हजार १९ चिकित्सक पनि बिरामी परेको उल्लेख गरेको छ।

पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

Previous articleनवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
Next articleएनएनआईपीए स्पोर्ट्स अवार्ड आज
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।