चितवनमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या

0
178

चितवन । चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका १९ बर्षिय सुनिल चेपाङले आज दिउँसो बाबु ३८ बर्षिय रामशरण चेपाङलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।

ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा प्राथमिक उपचार गरि थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।

रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउ भनि बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको स्थानियहरुले बताएका छन् । शबलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ काउले घर भएका चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा गरि बस्दै आएका थिए । उनिहरु चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।

Previous articleयसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला
Next articleकालिका- १० को वडा कार्यालय भवन उद्घाटन