रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

0
61

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिलाहरुको आयआर्जनको लागि कुसन बनाउने तालिम मंगलबारबाट सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले सीप मुलक तालिम मार्फत जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरेको हो ।

संघका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । सीप मुलक तालिम मार्फत गरिवी निवारण गर्न तालिम आयोजना गरिएको संघका अध्यक्ष गिरीले बताए ।

पछिल्लो समय डल कुसनको बजारमा माग बढी रहेका कारण सम्भावनाको खेजि गरी आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई तालिममा सहभागि गराइएको उनको भनाई छ । सात दिन सम्म चल्ने तालिममा कमला लेडिन एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक कमला श्रेष्ठले डल कुसन बनाउन सिकाउने संघ अन्तर्गतको महिला उद्यमी प्रर्वधन समितिकी संयोजक इश्वरी सिंखडाले जानकारी दिइन् ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शंकर गिरीले गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष हरि अधिकारी सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Previous articleचौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाले गरे आर्थिक सहयोग
Next articleविद्यालयको गुणस्तर विकासको लागी भद्रकालीमा उत्प्रेरणा कार्यक्रम