रुखबाट लडेर चितवनमा एक महिलाको मृत्यु

0
172

उज्यालो नेपाल- चितवनमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं. ११ सुर्खण्डीमा घाँस काट्ने क्रममा रुख बाट लडेर १७ वर्षिया अन्जली प्रजाको मृत्यु भएको हो ।

बुधबार ( हिजो) बिहान ११:३० को समयमा घर नजिकै रहेको चिउरीको रूखबाट घाँस काट्ने क्रममा लडेकी अन्जलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनि मृगी रोगबाट पिडित थिइन् ।

शवलाई पोष्टमार्टमको लागी भरतपुर अस्पताल पठाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ।

 

Previous articleशिक्षक सरुवा प्रकरण: नेपाल मावीको प्रअको कार्यकक्षमा लागेको ताला नेविसंघले फोड्यो
Next articleसन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा