एनएसएल : पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै

0
171

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ ।

पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ । हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन् । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ । झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ । चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो । यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।

हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौF र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।

Previous articleचितवनका पोल्ट्री व्यवसायी भन्छन्–‘व्यवसाय जोगाउने वा समाप्त पार्ने राज्यको हातमा छ’
Next articleराप्ती नेकपा एसमा नयाँ नेतृत्व : अध्यक्षमा रामकुमार पण्डित चयन