नेविसंघ तातेका बेला स्ववियू निर्वाचनमा कसले गर्‍यो षड्यन्त्र ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) तातेर धुमधामका साथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गरिरहेका बेला त्रिभुवन विश्वविद्यालयले निर्वाचन स्थगित गरेको छ ।

फागुन १४ गतेका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमवार बसेको त्रिवि कार्यकारी परिषद् बैठकले निर्वाचनलाई अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरेको छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको सूचना आएको जानकारी दिएका छन् । उनले सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियु चुनाव स्थगित भएको बताए ।

त्रिविले स्ववियु निर्वाचन घोषणा गरेपछि नेविसंघले धुमधामका साथ तयारी गरिरहेको थियो । नेविसंघले काठमाडौं उपत्यकाका सबै क्याम्पस कमिटीका पदाधिकारीबीच छलफल समेत गरेको थियो ।

आज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल

Previous articleकथित धर्मगुरुको उपदेश : रजस्वाला भएका बेला पतिलाई खाना पकाए कुकुरको जुनी
Next articleअख्तियारको व्यवहार र कार्यबाट सन्तुष्ट हुने ठाउँ छैन : काँग्रेस सभापति देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।