आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

0
41
 

दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु भएको छ । पुरानो डिजाईन पाईल फाउन्डेशनमा समस्या आएपछि स्टमेट बदलेर नयाँ डिजाईन वाईल फाउन्डेशनबाट निर्माणको काम शुरु गरिएको हो ।

कर्णाली नदीको बिचमा करिव १६ देखी १९ मिटर पाईल फाउन्डेशन डिजाईनबाट सम्भव नभएपछि कम्पनी डिजाईन बदलेर ४८ वटा वाईल फाउन्डेशन हालेर पुल निर्माण गर्न लागेको कम्पनीका ओभरसियर सुनिल पौडेलले बताए । उनले भने,“पुरानो पाईल फाउन्डेशनबाट सम्भव नभएपछि स्टमेट बदलेर नयाँ वाईल फाउन्डेशनबाट पुल निर्माण गर्नका लागेका छौं । पुल निर्माणका लागि केही समान आईसकेको र केही आउन बाँकी रहेको छ ।” आजभोली पुल निर्माण वारी दैलेख तारबजारमा माटो सम्याउने काम भईरहेको छ । २ वटा पाईल फाउन्डेशनमा कर्णाली नदीको बिच भागमा जग बसाल्ने क्रममा ठुला ढुंगा भेटिएपछि निर्माणधिन पुल अलपत्रपरेको थियो ।

३ बर्षभित्र बनाई सक्ने लक्ष्यका कुमार श्रेष्ठ–राजेन्द्र जेभी फाउन्डेशन काठमाण्डौंले २०६८ असार २८ मा निर्माणको जिम्मा लिएको थियो । कम्पनीलाई थप दुई म्याद थप गरि पुनः निर्माण गर्न लागेको पौडेलले जानकारी दिए ।
त्यसैगरि मित्तेरी पुलको अहिले फाउन्डेशन बदलेर ‘वाइल फाउन्डेशन’ अन्तर्गत काम शुरू भएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र भट्टराईले बताए । सडक विभागअन्तर्गत निर्माण हुने यो पुलको लागत साढे १३ करोड रुपैयाँ रहेको छ । पुलको लम्बाई १ सय २५ मिटर र चौडाई ६ मीटर रहेको छ । कार्यालयका अनुसार करीब रू.५ करोड बराबरको बजेट एउटा पिल्लर बनाउँदै सकिसकेको छ ।

पुलको काम माघ १५ देखि शुरू भएको सडक डिभिजन कार्यालय सुर्खेतले बताएको छ । पुल निर्माण भएपछि काठमाडौं, पोखरालगायत विभिन्न क्षेत्रबाट आउने यात्रुहरूले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सवारी आवतजावत सहज हुनेछ । साथै कर्णाली र सूदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको आवागमन बढ्ने स्थानीयको भनाइ छ ।
क्याप्सनः दैलेख अछाम जोडने कर्णाली नदीमा अलपत्र परेको निर्माणधिन मित्तेरी पुल । पाईल फाउन्डेशनबाट पुल निर्माणमा समस्या आएपछि स्टेमेट बदलेर वाईल फाउन्डेशनबाट पुल निर्माण हुन लागेको छ ।

तस्वीर : भक्तबहादुर शाही / दैलेख

The post आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु appeared first on Rajdhani Daily News.

साउदीमा विदेशी कामदारले पनि सरकारी जागिर खान सक्ने, कम्पनीले छुट्टी नदिए पनि फर्कन पाईने

Previous articleप्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन : पूर्व राजा शाह
Next articleअतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी