प्रदेश स्तरिय भलिवल खेल शुरु

सल्लेरी सोलुखुम्बु । सोलुखुम्बुमा प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरिय कमिटिको आयोजनामा शुरु भएको खेल फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलको मंगलवार सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरवीरले औपचारिक उद्घाटन गरेका हुन । नेपाल पर्यटन बर्ष २०२० लाई सघाउँ पु¥याउने उदेश्यले आयोजना गरिएको भलिवल खेलमा प्रदेश १ का ताप्लेजुङ वाहेक १३ वटा जिल्लाले भाग लिएका छन । खेलका विजेताले क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सो पुरस्कार राशीमा प्रदेश सभाका नेकपा प्रमुख सचेतक तथा सोलुखुम्बुका प्रदेश सभा सदस्य वुद्धिकुमार राजभण्डारी ५० हजारको दरले थप पुरस्कार रकम थपिदिने प्रतिवद्धता जनाए । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ अध्यक्ष सागर थापाको अध्यक्षतामा औपचारिक उद्घाटन गरिएको खेलको औपचारिक शुरुवात सोलुखुम्बु र भोजपुर जिल्लावीच भएको खेलमा सोलुखुम्बुले जित निकालेको थियो ।

पहिलो चरणको सम्पूर्ण खेल लिगम नकआउटको आधारमा खेलाई स्थानीय आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुको अध्यक्ष दिपक राजभण्डारीले वताए । खेलमा सहभागि सम्पूर्ण खेलाडीहरुको आयोजकले नै खाने वस्ने ब्यवस्था गर्नुको साथै पोशाकको समेत ब्यवस्थापन गरेको छ । जसले गर्दा खेल क्षेत्रमा लागेका खेलाडीहरु सो खेलबाट आफ्नो खेल करियर वनाउन अझ उद्साहित भएको उनीहरुले प्रतिक्रिया दिएका छन ।

The post प्रदेश स्तरिय भलिवल खेल शुरु appeared first on Rajdhani Daily News.

पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल

Previous articleसेनाले भेट्याएको रकम प्रहरीलाई जिम्मा
Next articleसिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।