रौतहट । नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र देखिएको विवाद सामान्य भएको बताएका छन । रौतहटको गौरमा मंगलबार ऐतिहासिक कलाकुन्ज पुस्ताकालयको भवनको शिलान्यास गदै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन ।
ठुलो पार्टी भित्र देखिएको बिवाद समान्य हो आत्ति हाल्नुपर्ने अवस्था नरहेको बरिष्ठ नेता नेपालको प्रतिक्रिया रहेको छ । देशको राजनिति राम्ररी ढंगबाट अगाडी बढीरहेको छ, पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादबाट धेरै आत्तिहाल्नु पर्ने कारण नभएको टिप्पणी गर्दै उनले सामान्य विवादलाई हामी ब्यबस्थापन गर्ने हामी आफै सक्षम रहेको बताएका छन ।नेता नेपालले कोरोना भाइरस जस्तो महामारीलाई रोकथाम गर्न सिंगो विश्व समुदाय एकजुट हुनुपर्ने जरुरी रहेको छ ।
नेपाल सरकारले समयमै सजगता अपनाएकोमा प्रशंसनिय रहेको चर्चा गर्दै कोरोना भाइरसको प्रभाव नफैलियोस यदी फैलिहाले भने समयमै नियन्त्रण गर्नुपर्ने र त्यसको लागि विशेष व्यवस्थापन गर्न अति आवश्यक रहेको बताए । वरिष्ठ नेता नेपालले चिन संग सिमा जोडिएको नेपाल कोरोना भाइरस जस्ता महामारीको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले भनेपछि नेपाल सरकारबाट उक्त महामारीलाई नेपालमा फैलिन नदिन व्यापक संयमता अपनाई स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
रौतहटको गौरमा २००४ सालमा स्थापना भएका कलाकुञ्ज पुस्तकालयको भवन जिर्ण बन्दै गएपछि तराई मधेश समृद्धि कार्यक्रम र विभिन्न दात्रृ निकायको लगानीमा चार तल्ले भवनको वरिष्ठ नेता नेपाल, युएईका राजदुत एच इ सहिद हामदन अल नकबी र गौर नपाको मेयर अजयकुमार गुप्ता संयुक्त रुपमा मंगलवार शिलान्याश गरेका छन् । शिलान्याश पश्चात उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै नेता नेपालले तत्कालिन शाणाकालिन समयमा गौरका केही सचेत वर्गको पहलमा कलाकुञ्ज पुस्तकालयको स्थापना गरिएको थियो ।
राणाहरुको निरंकुश शासन व्यवस्थालाई धारासायी बनाउने रौतहटको पवित्र भुमिबाट सुरु भएको क्रान्तिलाई यस कलाकुञ्ज पुस्तकालय प्रेरणा एवं मार्गदर्शको रुपमा अघि बढाएको थियो । आफू एसएलसी परिक्षा दिएर बसेको समयमा कलाकुञ्ज पुस्तकालयको नियमित ग्राहक बनेर पुस्तकालयमा रहेका इतिहास एवं राजनितिक शास्त्रको पुस्तकहरु पढ्ने गरेको चर्चा गर्दै प्रेमचन्द्रको साहित्यीक उपन्यास, जासुसी उपन्यास लिएर कयौ कितावहरुको अध्ययन गरेको र एक दिनमा २ वटा सम्म कितावहरु पढेको स्मरण समेत गरे ।

The post पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल appeared first on Rajdhani Daily News.


