क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

0
127

क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेसी पुस २५ गतेलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​

शालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।

Previous articleरत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता
Next articleभीमोदयको स्वर्णमहोत्सव समापन: ओलीको विद्यार्थीलाई सन्देश ‘वि अनेष्ट’