१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

0
65

काठमाडौँ । १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Previous articleजिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता
Next articleसंविधान दिवसमा असल चालचलन भन्दै छुटेका व्यक्ति चोरी आरोपमा समातिए