काठमाडौं : सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्याएको भन्ने पीडितको उजुरीको आधारमा संखुवासभा चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो।
साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई व्यूरोको टोलीले मंगलबार संखुवासभाबाट पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



