मेनुकालाई झापामा भव्य स्वागत

Click Image

काठमाडौं । भारतीय टेलिभिजन गायन रियालिटी शो इन्डियन आइडलमा स्वरकलाको जादु छरेर सबैको मन जितेकी गायिका मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ।

इन्डियन आइडलमा सहभागी भई सोमबार नेपाल फर्केकी उनलाई झापाको काकडभित्तामा भव्य स्वागत गरिएको हो। उनलाई गृहनगर झापामा सर्वसाधारणदेखि संघ संस्थाले फूलमालाले स्वागत गर्दै झाँकी र र्‍यालीसहित काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो।

अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले नेपाली कलाकारको प्रतिनिधित्व गर्दै मेनुकालाई सम्मान र स्वागत गरेका थिए। स्वागत समारोहमा मेनुकाले आफूले इन्डियन आइडलमा नसोचेको सफलता प्राप्त गरेको भन्दै सबैलाई धन्यवाद दिएकी थिइन् भने अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने बताइन्।

इन्डियन आइडलको १४औं सिजनमा सहभागी गायिका मेनुका पौडेल प्रतिस्पिर्धाबाट बाहिरिएकी छन्। अन्तिम १० मा प्रतिस्पर्धा गरिरहेकी उनी आइतबार प्रसारित एपिसोडबाट बाहिरिएकी हुन्।

शोबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी गराएकी थिइन्।

‘मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर शुरु भएको छ। म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरूपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन’ मेनुकाले सामाजिक सञ्जालमा लेखेकी छन्।

इन्डियन आइडलमा गायनको माध्यमबाट दर्शक तथा निर्णायकको मन जित्दै आएकी मेनुकाले शोमार्फत भारतीय फिल्म सालारबाट गायनमा डेब्यु गरेकी थिइन्।

Previous articleचितवनमा फागुन १९ गते रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने
Next articleसूर्यदर्शन सहकारी पीडितले दिए रवि लामिछाने,दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।