खाना अड्किएर कालिकामा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- चितवनको कालिकामा खाना अड्किएर एजकनाको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा कालिका वडा नं. छ शान्तीटोल बस्ने वर्ष ६८ को आईतराम कुमाल छन् ।

सोमबार साँझ सवा ७ बजेको समयमा आफ्नै घरमा खाना खाईरहेका कुमाल खाना अड्किएर बेहोस भएका थिए ।

बेहोस भएका कुमाललाई उपचारको लागी तत्कालै भरतपुर अस्पताल पुर्याईएकोमा झन्डै राती पौने नौ बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

Previous articleत्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार
Next articleसौराहा फुड फेस्टिबलमा को को आउदैछन कलाकार ! (नामावली सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।