त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार

चितवन । त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । आज बिहान .८ बजेर ३५ बजेको समयमा जिल्ला चितवन इच्छाकामना गाउंँपालिका वडा नम्बर ५ मुग्लिङ त्रिशुली नदी किनार स्थित बाट परिचय नखुलेकी अन्दाजी २५ वर्षकी महिलाले हामफाली आत्महत्या गर्न प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आत्महत्याको प्रयास गरेको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटेर गएको प्र.ब.ना.नि टोलीले सकुशल उद्दार गरि ईलाका प्रहरी कार्यालय मुग्लिङमा ल्याइएको छ । उ

नको बिषयमा घर ठेगाना लगायत अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Previous articleलघुवित्त संस्था विरुद्ध संघर्ष समितिको सम्मेलन : निर्णय नमान्ने घोषणा, फेरी सम्मेलन गर्न माग
Next articleखाना अड्किएर कालिकामा एकजनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।