फट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी

पूर्वी अफ्रिकामा आतंक मच्चाएर ‘सलह’ फट्यांग्रा दक्षिणी सुडानमा पुगेको एजेन्सीले जनाएको छ।

सलह फट्यांग्राले अधिकाँश खाद्य बालीलाई खाएर नष्ट गरेपछि त्यहाँ खानाको हाहाकार मच्चिएको हो।

फट्यांग्राका कारण गृहयुद्धबाट बाहिर निस्कन संघर्ष गरिरहेको दक्षिणी सुडानलाई थप पीडा थपिएको छ।

राष्ट्रसंघको खाद्य एजेन्सीका अनुसार सलह फट्यांग्राले खाद्यबाली पूर्ण रुपमा नष्ट गर्ने सामथ्र्य राख्दछन्।

दक्षिण सुडानमा मात्र नभएर पूर्वी अफ्रिका नै यस फट्यांग्राबाट पीडित बनेका छन्।

Image result for Locust swarms

फट्यांग्राले केन्यामा ७० वर्षमा सबैभन्दा धेरै खाद्यबालीमा क्षति पुर्याएको छ यस्तै सोमालिया र इथियोपियामा २५ वर्षमा सबैभन्दा बढी क्षति पुर्याएको छ।

राष्ट्रसंघले फट्यांग्राको क्षतिलाई नियन्त्रण गर्न नसकेको बताएको छ।

यसबीचमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले अफ्रिकी राष्ट्रलाई भोकमरी र खाद्य क्षतिसँग जुध्न ८० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दक्षिणी सुडानका अनुसार २ हजारभन्दा बढी सलह फट्यांग्रा सुडानमा छिरेका छन् र खाद्यबाली नष्ट गरिरहेका छन्। उनीहरुले धेरै अन्डा दिएकाले फट्यांग्रा थप बढ्न थालेको छ।

संकटसँग जुध्न फट्यांग्रा मार्ने अभियान संचालन गरिने बताइएको छ। हाल दक्षिण सुडडानका ६० प्रतिशत जनसंख्याले गृहयुद्ध र फट्यांग्राको क्षतिबाट भोकमरीको अनुभव गरिरहेका छन्। बीबीसी

Pesticide graphic

Image result for Locust swarms

बाइस सयले बढ्यो सुन

Previous articleसुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा
Next articleमुलुक समृद्धिको युगमा : मुख्यमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।