मुलुक समृद्धिको युगमा : मुख्यमन्त्री

विराटनगर, ७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल समृद्धिको युगमा प्रवेश गरेको बताएका छन् ।

तीन तहका सरकारले विकासका एजेण्डा सकार बनाउन लागेको उल्लेख गर्दै उनले मुलुक समृद्धीको युगमा प्रवेश गरेको बताएका हुन् ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पछिल्लो दुई वर्षमा संघीयता कार्यान्वय र विकासको सुरुआत भएको बताए ।

जनताको लामो संघर्षपछि मुलृक समृद्धिको यात्रामा प्रवेश गरेको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गरिरहेको बताए ।

प्रदेश सरकारले लिएको लक्ष्य र शहीदका सपना पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

The post मुलुक समृद्धिको युगमा : मुख्यमन्त्री appeared first on Koshi Online.

कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो

Previous articleफट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी
Next articleसीमान्तद्वारा ‘प्रथम व्यासनगर स्तरीय बहुजातीय लोक सांस्कृतिक महोत्सब’को उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।