भिसासम्बन्धी बेलायत सरकारको नयाँ नीति, अदक्ष कामदारलाई भिसा नदिइने

लण्डन । बेलायत सरकारले सार्वजनिक गरेको नयाँ आप्रवासन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ । सो योजनामा बेलायतका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ ।

३१ डिसेम्बरमा बेलायत र युरोपेली युनियन (ईयू) बीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ । प्रतिपक्षी लेबर पार्टीले भने यस्तो असहज वातावरणले कामदारहरूलाई आकर्षण गर्न गाह्रो हुने बताएको छ । तर गृहमन्त्री प्रिती पटेलले भने नयाँ व्यवस्थाले बेलायतमा प्रतिभाशाली र उत्कृष्टहरू भने आउन सक्ने बताएकी छन् ।

ब्रिटेन आउने आप्रवासीको संख्या घटाउन चाहेको बेलायतसरकारले आप्रवान व्यवस्थामा अंक प्रणाली लागु गर्न चाहेको छ । जसअन्तर्गत बेलायत जान चाहने विदेशी नागरिकहरूले अंग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सिपयुक्त जागिरको प्रस्ताव गरेको हुनुपर्ने छ । त्यस्तो मापदण्ड भित्र पर्ने विदेशी कामदारले ५० अंक प्राप्त गर्नेछन् ।

बेलायतमा काम गर्न कम्तीमा ७० अंक प्राप्त गर्नुपर्ने छ । तर सरकारले कम सिप भएका कामदारहरू ल्याउने बाटो नखोल्ने बताउँदै व्यवसायहरूलाई उपलब्ध कामदारमा भर पर्न भनेको छ । अहिले ३२ लाख युरोपेली नागरिकहरूले बेलायतमा काम गरिरहन निवेदन दिएका छन् । सरकारले मौसमी कृषि कामदारहरूको संख्या बढाएर १० हजार र युवा लक्षित आवतजावत योजना अन्तर्गत प्रत्येक वर्ष २० हजार युवा बेलायत आउन दिने बताएको छ ।

नयाँ योजना अन्तर्गत कुनै पनि आप्रवासी कामदारहरूले स्थायी रूपमा यूकेमा बस्न पाउने अनुमति नपाएसम्म अन्य आयसँगसम्बन्धित सरकारी सहुलियत प्राप्त गर्न सक्ने छैनन् । त्यस्तो अनुमति प्राप्त गर्न कामदारहरूका हकमा सामान्यतया पाँच वर्ष लाग्छ । नयाँ योजना अन्तर्गत बेलायत आउनसक्ने सिप भएका कामदारहरूको संख्यामा सिमा भने तोकिने छैन ।

The post भिसासम्बन्धी बेलायत सरकारको नयाँ नीति, अदक्ष कामदारलाई भिसा नदिइने appeared first on Rajdhani Daily News.

पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ

Previous articleदक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय
Next articleदाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपांग : न खानको टुङ्गो न बस्नको
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।