पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ

 

काठमाडौं । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका क्षेत्रमा रहेका पुरातात्विक सम्पदास्थलको सम्बन्धमा जिओफिजिक्स सर्वे ९भू–भौतिकी सर्वेक्षण० गरिने भएको छ। गत जेठमा पुरातत्व विभागले गरेको उत्खननका क्रममा दरवारको भग्नावशेष,माटाको प्राचीन पाईपलाई,सिक्का लगाायतका सामग्री फेला परेको थियो । तत्कालिन समयमा भएको उत्खननबाट लिच्छविकालीन र मध्यकालीन सभ्यताको रहेको प्रमाण फेला परेसँगै विभागले थप उत्खनन गर्न लागिएको जनाएको छ ।

ऐतिहासिक सम्पदा फेला परेको स्थानमा थप उत्खननको आवश्यकता देखिएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताए । ‘सबै सम्पदा क्षेत्रमा उत्खनन सम्भव छैन, त्यसैले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको छ।’ जियोफिजिकल सर्वे खर्चिलो हुने र बजेट व्यवस्थापनमा भने समस्या रहेको विभागको भनाई छ।विभागमार्फत आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर उक्त सर्वेको तयारी भईरहेको गौतमले जानकारी दिएका छन।
सम्पदाबारे जियोफिजिकल सर्वे गरी थप योजना बनाउनु उपयुक्त हुने विभागको भनाई छ । प्रवधि महङ्गो भएकाले बजेट व्यवस्थापन लगायतका विषयमा छलफल भईरहेको विभागको भनाई छ।

म्हानिदे्र्रशक गौतमका अनुसार जियोफिजिकल सर्वे मेशिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ ।जिल्लाको तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्ने योजना अनुसार काम अगाडि बढेको विभागले जानकारी दिएको छ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा तथा सामग्रीहरु लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको विभागको प्रतिवेदनमा उल्लेख छ।उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्य सहितको टोलि सहभागि भएको थियो ।प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका स्थानीय प्रस्तर प्रयोग गरी बनाईएको प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका लिच्छविकालीन र मध्यकालीन सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अँगारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाईन भेटिएको थियो ।

The post पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ appeared first on Rajdhani Daily News.

नारायणी नदीले खतराको तह पार गर्‍यो आसपासका बस्ति खाली गर्न चेतावनी

Previous articleजन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने
Next articleकेयूको नीतिगत भ्रष्ट्रचार मुद्धा सर्वोच्चमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।