काठमाडौं, ७ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा गरिरहेको थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
आयोजले उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर १ फागुनदेखि धनगढीमा आमरण अनशनमा रहेका नेता थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
अनसनकारीका माग सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुगी जीवन रक्षा गर्न विज्ञप्तीमा उल्लेख छ ।
The post अनसनरत थारुको जीवन रक्षा गर्न सरकारसँग आयोगको आग्रह appeared first on Koshi Online.
जन्ती लिएर फर्कंदै गरेको बस दुर्घटना : ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ घाइते


