कोरोनाभाइरसका कारण क्वारेन्टाइन गरिएको जापानको पानीजहाजमा २ जनाको मृत्यु

मृतक दुवै जापानी नागरिक ८० वर्ष हाराहारीका थिए।

दुईहप्ता अगाडि ३५ सय यात्रु सवार उक्त पानीजहाजमा कोरोनाभाइरस देखिएपछि यात्रु कसैलाई जहाजबाट झर्न दिइएको थिएन।

उक्त जहाजलाई नै क्वारेन्टाइन गरी कोरोना संक्रमितको उपचार गर्दै आइएको थियो।

तर केही समययता जापानी जहाजको क्वारेन्टाइन प्रभावकारी नभएको टिप्पणीहर भएका थिए। यसबीचमा अमेरिका र हङकङले आफ्ना नागरिक उक्त जहाजबाट उद्धार गरिसकेको छ।

हाल उक्त जहाजमा सवार ६२१ जनामा कोरोनाको संक्रमण देखिएको छ। डायमन्ड प्रिन्सेस जहाजका यात्रुको मृत्यु भएको यो पहिलो घटना हो।

बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृतकको संख्या २ हजार १२६ पुगेको छ भने संक्रमितको संख्या ७५ हजार ६ सय पुगेको छ। चीनमा मात्र २ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या झन्डै ७५ हजार पुगेको छ।

साग सकिएको तीन महिना बित्दा पनि बालक गुमाएका परिवारले पाएनन् क्षतिपूर्ति

Previous articleविकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन
Next articleगायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।