इमरान खानद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ ।

यस्तैमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन् । मंगलबा एक सन्देश पठाई इमरानले ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ । रासस

The post इमरान खानद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना appeared first on Koshi Online.

चितवनमा निषेधाज्ञा लम्बियो; भोली देखि झनै कडाई हुने

Previous articleअमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु
Next articleकोरोनाबाट सुरक्षित हुन सांसदको सतर्कता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।