गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]

इटहरी / चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक भएको छ ।दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यलाइ किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो र बिशेषगरी ‘राति ‘गीतको भिडियोको बारेमा प्रश्न गर्दा बज्राचार्य यसो भन्नु हुन्छ :

आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन, सहकर्मीहरु त्यति भेट हुदैनन , चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ ,मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु,फेसबुक तिर फोटो देख्छु, कहिले विदेशमा ट्रेनका सम्पूर्ण डब्बामा नेपाली भरिएको देख्छु साथै विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु आजकल मेरा आफ्नै साथी भाईहरुसंग नेपाल भित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ। यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको? यो कस्तो आकर्षण प्रवासको? मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो।

बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु। मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राती ‘ ।

कालो शक्ति अर्थात नेगेटिभ ईनर्जी सँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत हो ‘राती ‘। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ नै ‘राती ‘को भिडियोमा देखाइएको छ ।
भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ ।

The post गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ] appeared first on Purbeli News.

कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत

Previous articleकोरोनाभाइरसका कारण क्वारेन्टाइन गरिएको जापानको पानीजहाजमा २ जनाको मृत्यु
Next articleआरोप प्रमाणित भए सजाय भोग्न तयार छु : सञ्चारमन्त्री बाँस्कोटा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।