काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।
भीमदत्तनगरको बेलडाँडी गाउँपालिकामा बिहीबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।’
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । उनले भने, ‘आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ । सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।’
The post आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : सञ्चारमन्त्री बाँस्कोटा appeared first on Koshi Online.
श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल


