इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५

इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् ।

कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् ।

इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

Previous articleवित्तिय अनुशासन कायम हुन नसक्दा आर्थिक संकट : सिईओ पाण्डे
Next articleरत्ननगर- १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।