‘सञ्चारमन्त्रीलाई तत्काल बरखास्त गरियोस्’

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तत्कालै बरखास्त गर्न साझा पार्टीले माग गरेको छ । मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग कमिशनका मोलतोल गरेको अडियो सार्वजनिक भएपछि साझा पार्टीले सो विज्ञप्ती जारी गर्दै बरखास्त गर्न माग गरको हो ।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

झण्डै दुई तिहाई बहुमत प्राप्त इतिहासकै एउटा शक्तिशाली सरकारले भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै पनि गर्न नसकेको साझाको भनाई छ । ‘हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

The post ‘सञ्चारमन्त्रीलाई तत्काल बरखास्त गरियोस्’ appeared first on Rajdhani Daily News.

चार वर्षपछि रानीपोखरीमा पानी

Previous articleबझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते
Next articleजसले डेब्यू प्रशिक्षकत्वमै क्लब च्याम्पियन बनाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।