बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् ।

बिहान ११ बजे महेश्वरी मावितर्फ जाँदै गरेको ०१००१ ज १२२० नम्बरको जीप पल्टिँदा दुई जना गम्भिर घाइते भएको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवन सिंह बोहराले बताए । अन्यको अवस्था सामान्य रहेपनि नरेन्द्र उपाध्याय र सुमन विक भने गम्भीर घाइते भएका छन् ।

जीपमा झण्डै १२।१३ जना सवार रहेका र जसमा अधिकांस विद्यार्थी रहेको बोहराको भनाई छ । गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको बताइएको छ । घाइते सबै जनाको उपचारका लागि जिल्ला अस्पताल पठाइएको खप्तड छान्ना गाउँपालिकाका प्रबत्ता राम बहादुर सिंहले बताए ।

खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आजदेखि सुरु हुन लागेको राष्ट्रपति रनिङसिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुनका लागि जाने क्रममा उपाध्यक्षसहित अभिभावक र विद्यार्थीहरु घाइते भएको गाउँपालिकाका प्रबत्ता सिंहले जानकारी दिए ।

The post बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते appeared first on Rajdhani Daily News.

टेकु अस्पतालको आइसोलेसनबाट भागेका बिरामी विराटनगरमा भेटिए

Previous articleनेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाइने
Next article‘सञ्चारमन्त्रीलाई तत्काल बरखास्त गरियोस्’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।