
उज्यालो नेपाल- चितवनमा कक्षाकोठामा खेल्नेक्रममा बेहोस भएका बालकको मृत्यु भएको छ । आईतबार भरतपुर महानगरपालिका वडा नं. ३ कमलनगरमा रहेको भृकुटी बोर्डिंग स्कुलमा प्ले ग्रुपमा अध्ययनरत तिन वर्षका बालक दिलिप गुप्ता कक्षाकोठामै बेहोस भएका थिए ।
बेहोस भएका बालकलाई उपचारको लागी नयाँ मेडिकल कलेज पुर्याईएकोमा दिउँसो साढे बाह्र बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
