रोजगारीका लागि कुवेत पुगेकी कमला ११ दिनदेखि सम्पर्कविहीन

Click Image

रसुवा : रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।

छोरीसँग अन्यत्र काम गर्ने वा नेपाल फिर्ता पठाइदिने भनेर कम्पनीले पासपोर्ट मागेपछि सम्पर्कविहीन भएको र अधिकारीको पहलमा खोजी भइरहेको परिवारले बताएको छ।

खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन् । वाइवा समेत २६ जना कुवेतमा हराइरहेको सूचना छ ।

Previous articleभिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
Next articleनयाँ योजना निर्माणको लागी पिठुवा सिकाईको अन्तरक्रिया कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।