राजस्थानमा दुई दलित युवालाई पिटियो, गुप्तांगमा पेट्रोल खन्याइयो

बीबीसीहिन्दीका अनुसार मरासन्न हुनेगरी कुटपिट गरेपछि उनीहरुले दलित युवाको गुप्तांगमा पेट्रोल खन्याएका थिए।

यी सारा गतिविधिको भिडियो सार्वजनिक भएको छ जहाँ कुटपिट गर्ने युवाहरु हाँसिरहेको देखिने बीबीसीले जनाएको छ।

पाँच दिन पुरानो यस घटनाको भिडियो सार्वजनिक भएपछि बिहीबार दलित समाजका मानिसले यस घटनाको विरोध स्वरुप वृहत प्रदर्शन गरेका थिए।

प्रहरीका अनुसार यस घटनामा संलग्न हालसम्म ७ युवालाई पक्राउ गरिएको छ। कुटपिटबाट घाइते हुने युवाको नाम बिसाराम र पन्नाराम भएको बताइएको छ। उनीहरु राजस्थान बिरादरीका हुन्।

२ सय रुपियाँ चोरेको आरोपमा दुवैमाथि कुटपिट भएको प्रहरीले बताएका छन्। करिब एक घण्टा पन्नाराम र बिसारामलाई यातना दिइएको थियो।

यस समाचार भारतभर फैलिएपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनामा संलग्न सबैलाई गिरफ्तार गरेर कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएका छन्।

ती युवाहरुले थप पिटिने त्रासमा प्रहरीमा यस विषय उजुरी गरेका थिएनन्। एजेन्सी

नागौर

अफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु

Previous articleभारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
Next articleइलाममा खोलामा डुबेर एकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।