इलाममा खोलामा डुबेर एकको मृत्यु

खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन्।

इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालेको थियो।

साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए। रासस

रेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा पुर्‍याउन निर्देशन

Previous articleराजस्थानमा दुई दलित युवालाई पिटियो, गुप्तांगमा पेट्रोल खन्याइयो
Next articleलोभ र भ्रष्टाचारले कम्युनिष्टलाई गाँज्न थालेकाे भन्दै नेकपा अध्यक्ष दाहालको चिन्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।