Home Uncategorized डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

दोलखा । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिकामा ९ सुन्द्रावतीका ९ बर्षीय पुजन थामीको यात्रुबाहक बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।

शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवालिकाको समूहलाई बसले डोरी सहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियवासीले बताएका छन् । मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

The post डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु appeared first on Rajdhani Daily News.

मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

Previous articleआईटीएफ जुनियर डेविस कपमा सहभागी हुन लनटेनिस टोली इन्डोनेसिया प्रस्थान
Next articleभान्छामा बाजुराको अर्गानिक सिमी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।