Home Uncategorized भान्छामा बाजुराको अर्गानिक सिमी

भान्छामा बाजुराको अर्गानिक सिमी

बाजुरा । जिल्लाको अर्गानिक तथा स्थानीय कृषिजन्य वस्तुलाई बजारीकरण गरी कृषकलाई कृषि पेसाबाटै आत्मनिर्भर बनाउने कृषि ज्ञान केन्द्र बाजुराले लक्ष्य राखेको छ । पहिलो पटक स्याउको बजारीकरण, दोस्रो पटक आलुको बजारीकरण र अहिले सिमीको बजारीकरणका लागि ज्ञान केन्द्रले बजार खोजिरहदा धेरैजसोको भान्छामा सिमीको माग छ ।

खप्तड छेडेदह गाउँपालिकाका जंगबहादुर रावत यातायात व्यवसाय सञ्चालन गरी आफ्नो दैनिकि चलाइराखेका छन् । तर उनको पेसा भने कृषि हो । उनको विहान–बेलुकी खाना दाल र भात हो । दालमा उनी सिमीलाई धेरै मन पराउँछन् । उनी भन्छन्, ‘पहिले मेरै घरमा टन्नै फल्थ्यो, अहिले लोप भएर गयो, बजारमा आयो भने एक कुइन्टल नै किन्ने थिएँ । रावतजस्तै उपभोक्ताका लागि कृषि ज्ञान केन्द्रले यो पटक गौमुल गाउँपालिकाको सिमी मार्तडी ल्याएर बिक्री गर्ने योजना बनाएको छ ।

मार्तडीका रमिता रावलले आफ्नो घर मार्तडी बताए पनि उनी जन्मेर हुर्केको गाउँ बुढीनन्दा नगरपालिकाको पाण्डुसैन हो । त्यो ठाउँ सिमी र स्याउको लागि प्रख्यात छ । उनीकोे पनि सिमीको गेडागुडी र दाल मुख्य रोजाइको खाना हो । उनी भन्छन्, ‘माइतीको कोसेली नै सिमीको पोका मार्तडीमा पुग्छ, बेला बेला सिमीको स्वाद मात्र चाख्न पाएकी छु तर टन्न खान पाइएको छैन । विशुद्ध बाजुराकै रैथानी सिमीलाई राजधानी काठमाडौंदेखि धनगढीसहितका शहरमा पठाउने तयारी थालिएको तर संकलित सिमी मार्तडीमै विक्री हुने सम्भावना देखिएको ज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापतिले बताए ।

पछिल्लो समय जिल्लामा कृषि ज्ञान केन्द्र बाजुराको सक्रियतामा स्थानीय तथा अग्रानिक खानेकुरा धेरै चर्चा भइरहेको सुन्नमा आउँछ । होटल सञ्चालन गर्नेदेखि अन्य रोजगारी अगालेका मान्छे पनि खानामा रसायनिकभन्दा अर्गानिकलाई नै रोज्छन् । दुनीहाट बजारमा व्यवसाय गर्दै आएकी कल्पना कार्कीको होटलमा स्थानीय दाल खानामा पाइन्छ । त्यसमा पनि उनले सिमीलाई मुख्य दालका रुपमा ग्राहकलाई पस्किदा व्यापार फस्टाएको उनको भनाइ छ । उनी पनि गौमुलबाट आउने सिमीको पर्खाइमा छन् ।

खत्याड गाउँपालिका मुगुकी अमृता कार्कीको भान्छामा पनि जहिले सिमीकै दाल पाक्छ । उनको घरपरिवारले सबै रुचाउने भनेकै सिमीको दाल हो । मुगु सिमीको लागि प्रख्यात जिल्ला हो । जहाँ कालो सिमी बढी पाइन्छ । उनको परिवारलाई त झन मार्तडीमा
बसिरहदा पनि मुगु सिमी नभए कुनै दाल नै स्वादिलो लाग्दैन । उनी पनि पहिलो पटक खानमा पनि स्वादिलो र हिमाली भेगमा उत्पादन भएको अनि स्वास्थ्यका लागि पनि फाइदा हुने सिमीकै पर्खाइमा छन् ।

बाजुराको सिमी हेर्नलाई कालो, साना दाना, पाकिसकेपछि पनि कालो झोल, देख्नलाई झट्ट हेर्दा राम्रो नदेखिने तर स्वास्थ्यका लागि धेरै लाभदायिक कृषि उपजको वजारीकरण गर्ने अभियानअन्र्तगत कृषि ज्ञान केन्द्र बाजुराले ७५ क्विन्टल सिमीमा ढुवानी अनुदान सहयोग गरेको छ । त्यो केही दिनमै मार्तडीमा पुग्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द्र सिजापतिले बताए ।

शारिरीक फाइदा, खानमा पनि स्वादीलो र हिमाली भेगमा उत्पादन भएकोले स्वास्थ्यका लागि पनि फाइदा हुने गर्दछ । उपभोक्ताको माग र कृषकको आयआर्जनमा सहयोग पुर्याउन भन्दै गौमुल गाउँपालिका कृषि विकास शाखाको प्याकेजिङ्ग सहयोग र सहकार्यमा गौमुलबाट मात्र ६५ क्विन्टल सिमी जिल्ला सदरमुकाम मार्तडीमा ल्याइदैछ । त्यस्तै कोल्टी क्षेत्रबाट पनि १० क्विन्टल सिमी संकलन गरिएको छ । अनुदान ढुवानीसहित बजार पहिचान र व्यापारीसँगको सम्पर्क विस्तारमा ज्ञान केन्द्रले सहजिकरण गरिरहेको छ ।

यसले एकातिर कृषकको आम्दानीमा सहयोग पुगीरहेको छ भने अर्कोतिर जिल्लाकै रैथाने तथा अर्गानिक चिजबस्तुमा उपभोक्ताको आकर्षण बढीरहेको बेला खोजेकै ठाउँमा उपभोग्य सामान पाइदा उपभोक्ता थप उत्साहित भएका छन् ।

विशुद्ध विषादीबिना उत्पादन गरिएको र कृषि विज्ञद्वारा नै परिक्षण गरिएको अर्गानिक रैथानी सिमी भएकोले बजारमा माग बढ्दो हुने विश्वास गरिएको छ । सदरमुकाम मार्तडीसम्म ढुवानी अनुदानमा आइपुग्ने सिमीको थप बजारीकरण र विक्री वितरणमा बाजुरा कोशेली घरले जिम्मा लिने सञ्चालक अमर खड्काले बताएका छन् ।

बजारमा पाइने सिमीभन्दा २० देखि ५० रुपैयाँ सस्तो मूल्यमा बिक्री गर्ने तयारी गरिएको छ । मार्तडी बजारमा १ सय ८० देखि २ सय रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको छ । तर ढुवानी अनुदानमा आइपुगेका सिमी भने प्रतिकेजी १ सय ५० देखि १ सय ५५ रुपैयाँमा बिक्री गर्न सकिने गौमुल गाउँपालिका कृषि शाखाका रमेश विकले बताएका छन् ।

बाजुरा पनि उत्पादनको जिल्लाको भन्ने पहिचानका लागि सुरुवात गरिए पनि रैथानी अर्गानिक बस्तु उत्पादनको पहिचान बनाउने गरी कृषि ज्ञान केन्द्रले काम गरिरहेको कार्यालय प्रमुख गोविन्द्र सिजापतिले बताए । बाजुराको उत्पादनले यो वर्ष राम्रो बजार र पहचान पाएकोमा संघीयसभा सदस्य लालबहादुर थापाले ज्ञान केन्द्रको कामको प्रशंसा गरेका छन् ।

बाजुरामा कोदो, मकै, चिनो, कागुनो, फापर, जौसहितका बालीहरु प्रर्याप्त मात्रामा पाइने गरेका छन् । त्यसको उत्पादन बढाएर जिल्ला बाहिर बजार विस्तारको अभियान नै सञ्चालन गरिने बाजुरा कोशेली घरका सञ्चालक अमर खड्काले बताएका छन् । कोशेली घरमार्फत् जिल्ला बाहिर बजारीकरण गर्न लागिएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

जिल्लामा ३० हजार मेक्ट्रिकटन बढी खाद्यन्न आवश्यक पर्नेमा १५ हजार बढी मेक्ट्रिकटन जिल्ला बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । तर यो वर्षबाट त्यसमा उल्लेख्य सुधार भएको ज्ञान केन्द्रले बताएको छ ।

अबको केही वर्षमा चामल बाहेक अन्य सबै खाद्यन्न बाजुरा आफै आत्मनिर्भर हुने र रैथानी बाली बाह्य जिल्ला पठाउने गरी उत्पादनका गतिविधि बढाइएको छ । यसै साता मात्र १ लाख बढी जंगली मेलमा कलमी गरेर नास्पति फलाउने कामको कृषि ज्ञान केन्द्रले सुरुवात गरेको छ ।

The post भान्छामा बाजुराको अर्गानिक सिमी appeared first on Rajdhani Daily News.

नेपाल सरकारले रियादको मुटुमा ७.२ रोपनी जग्गा किन्दै, दुई सरकार बीच भयो सम्झौता

Previous articleडोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु
Next articleबहुविवाह अपराध नमान्ने पक्षमा मत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।