बहुविवाह अपराध नमान्ने पक्षमा मत

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ । विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।

सो नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन् । तर, आलोचकहरूले भने यसले पीडकहरूलाई झन् बल पुग्ने बताएका छन् ।

सिनेटले पारित गरेको सो विधेयकलाई अब सो राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ । प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लंघन गरे सरह न्यून स्तरको अपराध मानिनेछ । तर बलपूर्वक गरिएका बहुविवाहलाई भने अपराध मानिनेछ । समाचारसंस्था एपीका अनुसार युटा राज्यमा झन्डै ३० हजार मानिसहरू बहुविवाह मान्ने समुदायका छन् ।

मोर्मोन चर्च भनिने चर्च अफ जिजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि युटामै अवस्थित छ । सो चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गथ्र्यो तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गरियो । हाल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ । तर, अझै पनि कट्टर मोर्मोन समुदायले सो अभ्यास जारी राखेको छ ।

युटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन् । सन् २००१ मा टम ग्रिन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए । उनका पाँच पत्नी थिए । उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो ।

The post बहुविवाह अपराध नमान्ने पक्षमा मत appeared first on Rajdhani Daily News.

राणा परिवारको सुखसयल त्यागेर बुद्धत्वको सार खोज्न निस्किएका श्रीधर राणा बने महायोगी (भिडियो)

Previous articleभान्छामा बाजुराको अर्गानिक सिमी
Next articleट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।