कोरोनाभाइरसः चीनबाट उद्धार गरिएका युक्रेनी नागरिकमाथि स्वदेशमै ढुंगा प्रहार

कोरोनाभाइरस ‘कोभिद–१९’ ले आक्रान्त बनेको देश चीनबाट उद्धार गरेर फर्काइएका युक्रेनी नागरिकमाथि स्वदेशमै ढुंगा प्रहार भएको छ।

४५ युक्रेनी नागरिक र २७ विदेशी नागरिकलाई युक्रेनमा चीनको वुहान शहरबाट फर्काइएको थियो।

उनीहरुलाई पोल्टाभिया क्षेत्रको नोभी सान्जेरी अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न बसमा लगिँदै गर्दा बिहीबार राति ढुंगा आक्रमण भएको बीबीसीले जनाएको छ।

यस घटनाको निन्दा गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीलाई कोरोनाबाट संक्रमितलाई रिस नभएर सहानुभूति प्रकट गर्न आग्रह गरेका छन्।

६ वटा बसमा ढुंगा आक्रमण भएको थियो। एजेन्सी

Police officers clearing the road

राजपा र समाजवादी विच छिट्टै एकता

Previous articleट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?
Next articleजुम्लामा पुनः हिमपात, डाँडाकाँडा सबै सेताम्मे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।