स्कुटर दुर्घटनामा युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई हाल पोखरा रानीपौवा बस्दै आएका ३० वर्षीय राजकुमार राई हुन् ।

शुक्रबार बिहान आफू चढेको स्कुटर पोखराको फूलबारुीमा अनियन्त्रित भई दुर्घटना भएपछि उनी घाइते भएका थिए । घाइते राइको उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post स्कुटर दुर्घटनामा युवकको मृत्यु appeared first on Rajdhani Daily News.

‘मास्कहोली’ मिस नेपाल नर्थ अमेरिकासँग

Previous articleविकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल
Next articleजनकपुरमा यसरी हुँदैछ शिब पूजा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।