जनकपुरमा यसरी हुँदैछ शिब पूजा

जनकपुरधाम । महाशिवरात्रीको अवसरमा जनकपुरधाम क्षेत्रमा पार्थिव महादेवको पूजा ठाउँ ठाउँमा भइरहेको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने चलन छ । फागुन, साउन र असोजमा मिथिलाञ्चलमा पार्थिव महादेवको अत्यधिक पूजा हुने गरेको छ । महाशिवरात्रीका दिन यो पूजाको अत्यधिक महत्व हुने गरेको धार्मिक जानकारहरु वताउँछन ।

शिव पुराणका अनुसार शिव पूजनले धन्यधान्य र अरोग्यका साथै पुत्र प्राप्ती हुने गरेको छ । जो दम्पति पुत्र प्राप्तीका लागि वर्षोदेखि दुखित छन त्यसले विशेष रुपले पार्थिव महादेवको पूजा गर्नु पर्छ धार्मिक जानकारहरु बताउँछन । पार्थिव पूजाले अकाल मृत्युको भय समेत समाप्त हुने गरेको धार्मिक जानकार पण्डित विद्यानन्द झाले बताए । छुटटा छुटटै रुपमा पनि हुने गर्छन भने समूहमा पनि यो पूजन गर्ने गर्छन ।

लयुगमा कुष्टमाण्ड ऋषिका पुत्र मण्डपले यो पूजाको प्रारम्भ गरेका थिए । त्यहीवेलादेखि यो पूजाको प्रारम्भ भएको मान्यता रहेको छ । मिथिला नरेशका जनकका कुलदेवता महादेव रहेका छन त्यसैकारण मिथिलामा सबै भन्दा बढी महादेवकै हरेक रुपको पूजा हुने गरेको छ ।

महाशिवरात्रीको चर्चा

हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्वको अत्यधिक महत्व रहेको धार्मिक जानकार दीगम्बर झा दिनमणिले वताए ।

कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ब्तमा बसेकी जयमंगला देवीले वताइन । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् सांस्कृतिविद पड़वाले वताए । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरण वाव्यवसनको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रतलिनु पर्दछ शिवरात्रि सबै धर्मको महान्पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्मा यादगार तिर्थस्थल हो । शिव स्मृति नै वास्तवमा सुमंत्र अथवा तारक मन्त्र हो जसबाट नै प्राप्ति र सिद्धि उपलब्ध गर्न सकिन्छ । मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ।

प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धा्ङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् । उनको रूप बडो विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगततारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।

The post जनकपुरमा यसरी हुँदैछ शिब पूजा appeared first on Rajdhani Daily News.

एमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

Previous articleस्कुटर दुर्घटनामा युवकको मृत्यु
Next articleकोरोना संक्रमित ह्वात्तै बढेपछि कोरियाका प्रधानमन्त्रीले भनेः आपतकालीन अवस्था निम्तियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।